ट्रकको ठक्करबाट मृत्यु

मृत्यु हुनेमा अटो चालक कोहलपुर–१३ का २९ वर्षीय रामसेवक थारू रहेका इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ।

नेपालभ्युज

ट्रकको ठक्करबाट मृत्यु
सांकेतिक तस्वीर

बाँके। बाँकेमा भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। कोहलपुर नगरपालिका–११ साझा चोकमा भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको युपी ३२ टिएन ४३४४ नम्बरको भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको भे १ च ४९४१ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा दुर्घटना भएको हो। तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा अटो चालक कोहलपुर–१३ का २९ वर्षीय रामसेवक थारू रहेका इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ।

दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved