लखनऊलाई हराउँदै बेंग्लोर आईपीएलको प्लेअफमा

नेपालभ्युज

लखनऊलाई हराउँदै बेंग्लोर आईपीएलको प्लेअफमा

काठमाडौं । रोयल च्यालेन्जर्स बेंग्लोरले दिएको विशाल लक्ष्य भेट्टाउन नसक्दा लखनऊ जायन्टस जारी आईपीएलबाट बाहिरिएको छ।

टस हारेर पहिला ब्याटिङमा उत्रिएको बेंग्लोरले रजत पाटीदारको विष्फोटक ब्याटिङको मद्दतमा २०७ सात बनाएको थियो। उसका लागि रजतले ५४ बलमा ११२ रन बनाए। यस क्रममा उनले ७ छक्का र १२ चौका प्रहार गरे। यो जारी सिजनको सातौं शतक हो। नटआउट नै रहेका दिनेश कार्तिकले २३ बलमा ३७ रन बनाए।

कप्तान फाप डु प्लेसिसलाई शुरुआती अवस्थामै (शून्य रन) गुमाएको बेंग्लोरका लागि विराट कोहलीले २४ बलमा २५ रनको योगदान दिए। त्यस्तै ग्लेन म्याक्सवेलले १० बलमा नौ रन बनाए भने महफिल लोमरले ९ बलमा १४ रन बनाए।

जवाफी ब्याटिङमा उत्रिएको लखनऊले पूरा ओभरमा ६ विकेट गुमाउँदै १९३ रन बनाउन सक्यो।

लखनऊका लागि कप्तान केएल राहुलले सर्वाधिक ५८ बलमा ७९ रन बनाए पनि हार टार्न सकेनन्। दीपक हुँडाले ४५ रन बनाउन सके।

शुरुआतमै बेंग्लोरले लखनऊका क्विन्टक डिकको विकेट झारेर जितको आशा जगाएको थियो। लखनऊका मनन बोहोरा ११ बलमा मात्र १९ रन बनाएर आउट भएपछि बेंग्लोरको जितको आशा बढेको थियो। दीपक हुँडाले भने २६ बलमा ४५ रन बनाउन सके।

त्यसपछि मार्क्स स्टोनिसलाई लखनऊले सस्तैमा गुमायो। उनले ९ बलमा मात्र ९ रन बनाउन सके भने कुनाल पाण्याले त खाता खोल्नै सकेनन् र १४ रनले लखनऊ पराजित भयो।

बेंग्लोरका जस हज्लेवडले तीन विकेट लिन सफल भए।

अब बेंग्लोरले फाइलन प्रवेशका लागि राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved