पुस्तकमा आउँदैछन् नेपाली संगीतका साधक गजमेर

उनी तिनै संगीतकार हुन् जसले ‘टुङ्नाको धुनमा’, ‘डाली डाली फूल फुल्यो’, ‘कुन मन्दिरमा जान्छौ यात्री’, ‘नौलाख तारा उदाए’ लगायतका चर्चित नेपाली गीतलाई आफ्नो संगीतले सजाए।

नेपालभ्युज

पुस्तकमा आउँदैछन् नेपाली संगीतका साधक गजमेर

काठमाडौं। उनी तिनै मादलवादक हुन् जसले मादलको धुनलाई विश्वसामु चिनाए। बलिउडका चर्चित संगीत निर्देशक राहुलदेव (आरडी) बर्मनद्वारा संगीतबद्ध गीत ‘कान्छी रे कान्छी रे’, ‘हम दोनो दो प्रेमी’, ‘चिंगारी कोइ भड्के’ जस्ता गीतमा उनले बजाएको मादल घन्किरहेको छ।

उनी तिनै वाद्यवादक हुन् जसले सन् १९६० दशकको चर्चित गीत ‘नौलाख तारा उदाए’, १९७० दशकको ‘चिसो चिसो हावामा’। १९८० दशकको ‘झझल्को लिएर आएछ सावन’, १९९० को दशकमा ‘माया त माया हो’ जस्ता गीतलाई आफ्नो सीपले सिंगारे।

उनी तिनै संगीतकार हुन् जसले ‘टुङ्नाको धुनमा’, ‘डाली डाली फूल फुल्यो’, ‘कुन मन्दिरमा जान्छौ यात्री’, ‘नौलाख तारा उदाए’ लगायतका चर्चित नेपाली गीतलाई आफ्नो संगीतले सजाए।

उनै नेपाली सुगम एवं चलचित्र संगीतका यशस्वी स्रष्टा रञ्जित गजमेर अब पुस्तकमा सजिएर आउँदैछन्।

लेखक एवं वृत्तचित्र निर्माता शेखर खरेलले गजमेरसँगको लामो सानिध्य एवं अनुसन्धानबाट तयार पारेको आत्मसंस्मरणात्मक पुस्तक केही महीनामै प्रकाशन हुने प्रकाशक संस्था ‘वी रिड’ले जानकारी दिएको छ।

‘यो पुस्तक दुई मूलभूत कारणले आधुनिक नेपाली संगीतका निम्ति एउटा कोशेढुङ्गा हुनेछ भन्ने कुरामा हाम्रो दृढ विश्वास छ’, प्रकाशन संस्थाले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘हिलो, श्री गजमेर तीन स्थान दार्जिलिङ, काठमाडौं र बम्बईका स्वर्णिम युगका संभवत: एक मात्र द्रष्टा एवं सर्जक हुनुहुन्छ। सन् १९६० को दशकमा दार्जिलिङबाट शुरू भएको उहाँको सांगितिक यात्रा अनेकौं मानक र इतिहास रच्दै काठमाडौं हुँदै बम्बईसम्म पुगेको छ। दोस्रो चाहिँ, नेपाली संगीत क्षेत्रका शिखर व्यक्तित्वहरू अम्बर गुरूङ, गोपाल योञ्जन, नारायण गोपाल, शरण प्रधान, जितेन्द्र वर्देवा, तारादेवी, अरूणा लामा आदिका समकालीन उहाँ आफ्नै जीवनकालमा आत्मसंस्मरण प्रकाशन गर्ने एकमात्र सौभाग्यशाली स्रष्टा हुनुहुन्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved