लखनऊसामु बेंग्लोरको विशाल लक्ष्य, रजतको विष्फोटक शतक

नेपालभ्युज

लखनऊसामु बेंग्लोरको विशाल लक्ष्य, रजतको विष्फोटक शतक

काठमाडौं । रजत पाटीदारको विष्फोटक ब्याटिङको मद्दतमा रोयल च्यालेन्जर्स बेंग्लोरले जारी आईपीएलको एलिमिनेटर खेलमा लखनऊ जायन्टसलाई २०८ रनको लक्ष्य दिएको छ।

इडेन गार्डेन मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको बेंग्लोरले पूरा ओभरमा २०७ रन बनाउन सक्यो। उसका लागि पाटीदारले शतकीय पारी (५४ रनमा ११२ रन) खेले। उनी नटआउट रहे। यस क्रममा उनले ७ छक्का र १२ चौका प्रहार गरे। यो जारी सिजनको सातौं शतक हो।

नटआउट नै रहेका दिनेश कार्तिकले २३ बलमा ३७ रन बनाए।

कप्तान फाप डु प्लेसिसलाई शुरुआती अवस्थामै (शून्य रन) गुमाएको बेंग्लोरका लागि विराट कोहलीले २४ बलमा २५ रनको योगदान दिए। त्यस्तै ग्लेन म्याक्सवेलले १० बलमा नौ रन बनाए भने महफिल लोमरले ९ बलमा १४ रन बनाए।

लखनऊका चार जनाले समान एक/एक विकेट लिए। दुई बीचको विजेता र राजस्थानबीच हुने दोस्रो क्वालिफाएर जित्ने टिम फाइनलमा पुग्ने दोस्रो टिम बन्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved