जनकपुरमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन

नेपालभ्युज

जनकपुरमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन

जनकपुरधाम। जनकपुरधाममा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरिएको छ।

जनकपुरधामको जानकी चोकमा जानकी मन्दिरअगाडि बीच सडकमा मोटरसाइकल र एलपी ग्यास सिलिण्डरहरू लडाएर स्थानीय युवाहरुले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका हुन्।

सरकारले जनतालाई दिनैदिनै मूल्यवृद्धि गरेर ढाड सेक्ने काम गरेको भन्दै युवाहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा मोटरसाइकल, ई–रिक्सा र सिलिण्डरहरूलाई बीच सडक तेर्स्याएका थिए।

स्थानीय यूवा अभियन्ता सुशील कर्णले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रत्यक्ष मार सर्वसाधारण जनतामा परेकाले यसको विरुद्ध सबैजना एकजुट भएर मूल्यवृद्धि फिर्ता नहुञ्जेल आन्दोलन जारी राख्ने बताए। जनतालाई सास्ती हुनेगरी गरिएको मूल्यवृद्धिले दैनिक जनजीविकामा असर परेको उनको भनाइ थियो।

सरकारले आइतबार रातिबाट लागू हुनेगरी पेट्रोल र डिजेलमा प्रतिलिटर १०/१० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डरमा २०० रुपैयाँले मूल्यवृद्धि गरेकोछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved