‘मंकीपक्स’ भाइरस खाडी मुलुकसम्म पुग्यो, पाँचै दिनमा १२ देशमा फैलियो

‘मंकीपक्स’ भाइरस खाडी मुलुकसम्म पुग्यो, पाँचै दिनमा १२ देशमा फैलियो

काठमाडौं। गतसाताको अन्त्य (जेठ,६ गते) तिरमात्र सात देश पुगेको ‘मंकीपक्स’ अहिले विश्वका १९ देश पगिसकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ।

डब्लूएचओका अनुसार ‘मंकीपक्स’ अफ्रिका, युरोप, अमेरिका हुँदै अहिले खाडी राष्ट्र संयुक्त अरब इमिरेट्स् (यूएई) सम्म पुगिसकेको छ। यूएईको चेक रिपब्लिक र स्लोभिनिआमा मंगलबार ‘मंकीपक्स’ का बिरामी भेटिएको डब्लूएचओले जनाएको छ।

‘मंकीपक्स’ बनाउने भाइरस १९ देशसम्म् पुग्दा एक सय ३१ जनालाई संक्रमित बनाएको छ भने एक सय ६ जनो शंकास्पद बिरामी रहेका डब्लूएचओले जनाएको छ। अझै पनि विज्ञहरू ‘मंकीपक्स’ संक्रमण अन्य देशहरूमा पनि पुग्ने अनुमान गरिरहेका छन्।

नेपालमा पनि यसको जोखिम रहेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘मंकीपक्स’ संक्रमण पुष्टि भएको देशहरूबाट नेपाल आएकाहरू लाई कम्तीमा दुई हप्ता क्वारेन्टाइन बस्नसमेत अनुरोध गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले कोभिड भाइसले विश्व सारै सानो भएको देखाइसकेको र भाइरस एक ठाउँबाट अर्को ठाउँसम्म पुग्नका लागि समय नलाग्ने बताएका छन्।

विश्वमा फैलिरहेको ‘मंकीपक्स’ को विषयमा नेपाल संवेदनशील भएर निगरानी गरिहेको र तयारी अवस्थामा बसेको पनि उनले बताए।

नेपालमा के छ तयारी ?

यद्यपि नेपालमा हालसम्म ‘मंकीपक्स’ संक्रमण नदेखिए पनि यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्ने सक्ने भएकाले नेपाल पनि उच्च जोखिममा रहेको सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले बताए।

त्यस्तै डा.अधिकारीले पनि हालसम्म ‘मंकीपक्स’ सँग मिल्दोजुल्दो लक्षणहरू नपाइएको बताए। खाडी राष्ट्रमा पनि ‘मंकीपक्स’ देखिएको भनेपछि नेपालमा पनि थप सावधानी अपनाउनुपर्ने देखिएको भन्दै डा.अधिकारीले प्रवेश नाकाहरूमा निगरानी गर्ने काम चुस्तदुरुस्त बनाइरहेको उनको भनाइ छ।

उनी भन्छन्, “विश्व स्वास्थ्य संगठनको केन्द्रीय, क्षेत्रीय र नेपालमा रहेको कार्यलयसँग नियमति सम्पर्कमा छौं। प्राविधिक विश्लेषणबाट आएका सुझावहरू हामीले नियमित प्राप्त गरिहेका छौँ र त्यसकै आधारमा सरकारले आवश्यक कदमहरू हामी लिँदै जान्छौँ।”

कति घातक ?

‘मंकीपक्स’ सन् १९७० देखि नै अफ्रिकाका केही मुलुकमा पाइएको थियो। सन् २००३ मा अमेरिकामा पनि यो प्रकोप फैलियो विश्व स्वास्थ्य संगठनले जनाएको छ।

नेपालका लागि ‘मंकीपक्स’ नयाँ भए पनि विश्वका लागि यो नौलो नभएको अधिकारीले बताए।

डा.पुनका अनुसार संक्रमित व्यक्तिको घाउ, हाच्छिउँ गर्दा निस्कने थुक वा तरल पदार्थको माध्यमबाट फैलिएको पाइएको छ। संक्रमित व्यक्तिको थुक अर्को व्यक्तिको आँखा, मुख वा नाकबाट र्छिदा संक्रमण सजिलै फैलिन सक्छ।

उनी भन्छन्,“‘मंकीपक्स’ बनाउने भाइरस विफरको पारिवारिक सदस्य मानिएको छ। तर विफर तथा कोरोना भाइरस भन्दा पनि ‘मंकीपक्स’ कम घातक मानिएको छ।”
विफरका लागि प्रयोग हुने खोप मंकिपक्समा पनि प्रभावकारी मानिएको समेत डा. अधिकारीले बताए।

सहप्रवक्ता अधिकारीका अनुसार मंकीपक्सका भाइरस शरीरमा प्रवेश गरेपछि फोका उठ्ने, बिबिरा आउने, ज्वरो आउने र ग्रन्थीहरू सुन्निनेजस्ता समस्या देखापर्छ।

यो संक्रमण अधिकांश बालबालिकाहरूमा देखापर्ने भएकोले बालबालिकाको स्वास्थ्यमा ख्याल गर्न पनि उनले आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved