एमाले उपमहासचिव गुरुङको आरोपः मौन अवधिमा गठबन्धनका दलले कुनाकुनामा लगेर पैसा बाँडे

नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय निर्वाचनमा सत्तागठबन्धनले राज्यसत्ताको चरम दुरुपयोग गरी पैसाको खोला बगाएर निर्वाचन जितेको आरोप लगाएका छन्।

नेपालभ्युज

एमाले उपमहासचिव गुरुङको आरोपः मौन अवधिमा गठबन्धनका दलले कुनाकुनामा लगेर पैसा बाँडे

काठमाडौं। नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले स्थानीय निर्वाचनमा सत्तागठबन्धनले राज्यसत्ताको चरम दुरुपयोग गरी पैसाको खोला बगाएर निर्वाचन जितेको आरोप लगाएका छन्।

पोखरामा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजना गरिएको कार्यक्रममा उपमहासचिव गुरुङले निर्वाचनको मौन अवधिमा गठबन्धनका दलले कुनाकुनामा लगेर पैसा बाँडेको आरोप लगाएका हुन्।

‘‘सत्तागठबन्धनले राज्यसत्ताको चरम दुरुपयोग गरी मौन अवधिमा कुनाकुनामा लगेर पैसा बाँड्यो,’’ कार्यक्रममा उनले भने, ‘‘पैसाको खोलो बगायो जसकारण हामीले पराजय भोग्नुपर्यो।’’ गण्डकीका पूर्वमुख्यमन्त्रीसमेत रहेका गुरुङले अन्य ६ ओटा प्रदेशमा एमालेकाे विरासत जाेगाउन नसकिए पनि गण्डकीमा भने आफ्नो साख जोगाउन सफल भएको दाबीसमेत गरे।

निर्वाचनमा धेरै ठाउँमा पराजित गरेर एमालेले नेकपा एसकाे अस्तित्व संकटमा पारेपनि पाेखरामा भने शिर ठाडाे पारेकाे भन्दै उनले असन्तुष्टि जनाए। पाेखरामा नेकपा एसले ठाउँ पाउनु एमालेका लागि दु:खद् भएकाे उनकाे भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved