ट्युनिसियामा डुंगा डुब्दा ७० जनाभन्दा बढी आप्रवासी बेपत्ता

ट्युनिसियामा डुंगा दुर्घटना हुँदा ७० जनाभन्दा बढी आप्रवासी बेपत्ता भएका छन्।

नेपालभ्युज

ट्युनिसियामा डुंगा डुब्दा ७० जनाभन्दा बढी आप्रवासी बेपत्ता

काठमाडौं। ट्युनिसियामा डुंगा दुर्घटना हुँदा ७० जनाभन्दा बढी आप्रवासी बेपत्ता भएका छन्।

लिबियाबाट युरोप जान लागेका आप्रवासीहरूले भरिएको एउटा डुंगा छिमेकी राष्ट्र ट्युनिसियामा दुर्घटना भएको हो। भूमध्यसागरमा डुंगा डुबेर दुर्घटना हुँदा ७० जना बेपत्ता भएको तटरक्षकहरुले जानकारी दिएका छन्।

ट्युनिसियाको स्फ्याक्स बन्दरगाहमा करिब १०० यात्रु बोकेको डुंगा पल्टिएको थियो। तटरक्षक र नौसेनाको टोलीले २४ जनालाई पानीबाट बाहिर निकालेका नेशनल गार्डका प्रवक्ता हौसेम एडिनले बताए। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved