थपिए कोरोनाका पाँच संक्रमित, १ सय २८ जना आइसोलेशनमा

नेपालभ्युज

थपिए कोरोनाका पाँच संक्रमित, १ सय २८ जना आइसोलेशनमा

नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ८ सय ८९ पिसिआर परीक्षणका क्रममा ४ जना र ८ सय २८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण बुधबार पनि कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप ९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ११ जना निको भएका छन्। हाल नेपालमा १ सय २८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved