कतारमा ओमान र इष्ट टिमोरसँग भिड्दै नेपाल

एसियन कप फुटबल छनोट प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

नेपालभ्युज

कतारमा ओमान र इष्ट टिमोरसँग भिड्दै नेपाल

काठमाडौं। एसियन कप फुटबल छनोट प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

कतार फुटबल संघले अभ्यास स्वरुप ओमान र टिमोर लेष्टेसँगको नेपालको मैत्रीपूर्ण खेलको आयोजना गर्न लागेको हो। नेपालले आगामी शनिबार (१४ जेठ) मा टिमोर लेष्टे र अर्को हप्ताको शुक्रबार (२० जेठ) मा ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने कतार फुटबल संघले जनाएकाे छ। दुवै खेल नेपाली समयअनुसार राति ९ः४५ मा हुनेछ।

यसअघि नेपालले अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका भएपनि खेल पछि रद्द भएको थियो। एसियन कप छनोटका लागि करिब डेढ महिनाको बन्द प्रशिक्षण सकेर नेपाली टिम बुधबार नै कतारतर्फ प्रस्थान गर्दैछ।

प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण नियमित कप्तान किरण चेम्जोङसँगै अन्य १० प्रमुख खेलाडी हालको नेपाली टिममा छैनन्। त्यसैले पहिलो पटक नवयुग श्रेष्ठको कप्तानीमा रहेको नेपली टिममा हाल युवा खेलाडीहरुको बाहुल्यता छ। कतारले नै नेपालसँगै एसियन कपको छनोट खेल्ने विभिन्न सात राष्ट्रको ट्रेनिङ क्याम्पको व्यवस्था गरेको छ।

यसै वर्ष कतारमा फिफा विश्वकप फुटबल आयोजना हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved