२ करोड मतपत्र छापेको जनक शिक्षाको बहाना : रूस-यूक्रेन युद्धले पाठ्यपुस्तक छाप्न सकेनौँ

नेपालभ्युज

२ करोड मतपत्र छापेको जनक शिक्षाको बहाना : रूस-यूक्रेन युद्धले पाठ्यपुस्तक छाप्न सकेनौँ

काठमाडौं। भर्खरै स्थानीय निर्वाचन सम्पन्न भएको छ। निर्वाचन आयोगले ११ चैतमा मात्रै मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिने निर्णय गर्‍यो, त्यसको एक महीनाभित्रै केन्द्रले करीब २ करोड मतपत्र छाप्यो।

तुरुन्तै निर्वाचन सामग्री छापेको सरकारी निकाय जनक शिक्षा केन्द्रले पाठ्यपुस्तक भने रूस-यूक्रेन युद्धका कारण छाप्न नसकेको बहाना बनाएको छ। प्रतिनिधिसभाकाे शिक्षा तथा स्वास्थ्य समितिकाे बैठकमा केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले युद्धका कारण पाठ्यपुस्तक छाप्न नसकेको बताए।

उनले भने, ”गत चैत १० सम्म आइपुग्नुपर्ने कागज अहिले मात्रै आएको छ। कागज समयमा ल्याउन काबुबाहिरकाे स्थितिले सकिएन। रुस-युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा नै कागजको अभाव थियाे । मतपत्र छाप्नुपर्दा पाठ्यपुस्तक छाप्न सकिएन।”

कागज आएकाले असार पहिलो सातासम्म पुस्तक छपाइ सक्ने उनले बताए। २ करोड पुस्तकमध्ये अब ३५ लाख पुस्तक मात्रै छाप्न बाँकी रहेको बताउँदै उनले त्यसपछि दुर्गम जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरण शुरु गरिने जानकारी दिए।

केन्द्रले कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक जनक शिक्षाले छाप्ने जिम्मा पाएकाे छ।

भिडिओ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved