शंकर पोखरेलको गृहनगर तुलसीपुर उपमहानगरको दुवै पदमा गठबन्धन हराउँदै एमाले विजयी

मेयरमा एमालेका टिकाराम खड्का ३१ हजार ४०८ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७१७ मत मात्रै पाए ।

नेपालभ्युज

शंकर पोखरेलको गृहनगर तुलसीपुर उपमहानगरको दुवै पदमा गठबन्धन हराउँदै एमाले विजयी

दाङ। नेकपा एमालेले दाङको तुलसिपुर उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै दुवै पद जितेको छ। एमाले महासचिव शंकर पोखरेलको गृहनगर तुलसीपुरमा एमालेले मेयर र उपमेयर दुवै पदमा जित हासिल गरेको हो।

तुलसीपुर उपमहानगरको मेयरमा एमालेका टिकाराम खड्का ३१ हजार ४०८ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७१७ मत मात्रै पाए।

उपमेयरमा पनि एमाले उम्मेदवार स्यानी चौधरी फराकिलो मतान्तरसहित विजयी भइन्। चौधरी ३० हजार ५९७ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानामगरले २१ हजार ६५ मत मात्रै पाए ।

एमालेले यसअघि दाङकै अर्को उपमहानगर घोराहीमा पनि पाँच दलीय गठबन्धनलाई पराजित गर्दै दुवै पदमा जित हासिल गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved