संसारभरि गहुँ अभाव हुँदै, अब १० साताका लागि मात्रै पुग्ने

गहुँको ठूलो मात्रा निर्यात गर्ने दुई देशबीच युद्ध

अन्तर्राष्ट्रिय बजारमा गहुँको ठूलो मात्रामा निर्यात गर्ने दुई देशबीच युद्धको अवस्था हुँदा पश्चिमा देशहरू रूसी राष्ट्रपति भ्यादिमिर पुटिनले खाद्यान्नलाई हतियारका रूपमा प्रयोग गर्न लागेको भन्दै आशंका व्यक्त गरेका छन्।

नेपालभ्युज

संसारभरि गहुँ अभाव हुँदै, अब १० साताका लागि मात्रै पुग्ने

एजेन्सी। विश्वका लागि आवश्यक गहुँ १० हप्ताका लागि मात्रै मौज्दात रहेको छ। रूस-युक्रेनबीचको युद्धका कारण विश्व बजारलाई आवश्यक पर्ने गुहँको मात्रा कम भएको हो।

गहुँको भण्डारमा कमी आउँदै गएपछि संयुक्त राष्ट्रसंघलाई यस विषयमा जानकारी गराई सकिएको छ। सन् २००८ यता कै कम गहुँ भण्डार रहेको विषयमा राष्ट्र संघलाई अवगत गराइएको हो।

विश्वमा हुने गहुँ निर्यातको एक तिहाई रूस-युक्रेनबाट हुँदै आएको छ। अन्तर्राष्ट्रिय बजारमा गहुँको ठूलो मात्रामा निर्यात गर्ने दुई देशबीच युद्धको अवस्था हुँदा पश्चिमा देशहरू रूसी राष्ट्रपति भ्यादिमिर पुटिनले खाद्यान्नलाई हतियारका रूपमा प्रयोग गर्न लागेको भन्दै आशंका व्यक्त गरेका छन्।

विश्वमा गहुँको अभाव सिर्जना हुँदै गर्दा रूसले यो वर्ष ठूलो मात्रामा गहुँ उत्पादन गर्दैछ। युरोप र अमेरिकामा खराब मौसमका कारण गहुँ उत्पादनमा कमी आएका कारण रूसी राष्ट्रपति पुटिनले गहुँलाई हतियारका रुपमा प्रयोग गर्न लागेकोमा उनीहरूले चासो व्यक्त गरेका हुन्।

गो इन्टलिजेन्शका कार्यकारी निर्देशक सारा मेन्करले विश्वमा खाद्यान्नसम्बन्धी ‘अतुलनीय’ समस्या आउन सक्ने भन्दै चेतावनी दिइसकेका छन्। हालको अवस्थामा विश्वमा मल, खाना पकाउने तेल लगायतका वस्तुको अभाव सिर्जना हुनसक्ने बताउँदै उनले चेतावनी दिएकी हुन्।

उनले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्लाई, ‘यस विषयमा तत्काल, सक्रियतापूर्वक विश्व समुदायले कदम नचालेको अवस्थामा विश्वका मानव जाति मानवीय र आर्थिक संकटको अतुलनीय अवस्थामा पुग्नसक्ने’ चेतावनी दिएकी हुन्।

‘अहिले देखिएको समस्या चक्रिय होइन, भूकम्पीय हो। यस प्रकारको अवस्थामा लामो समयमा मात्रै आउने गरेको छ। यस प्रकारका घटनाले विश्वको भूराजनीतिलाई नै परिवर्तन गर्नसक्ने क्षमता राख्छ।’

रूस-युक्रेनबीचको युद्धका कारण विश्वमा नै खाद्यान्न मूल्य अतिरिक्त हिसाबमा बढेको छ। मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यसले गर्दा विकासशील देशमा नै अस्थिरताको खतरा उत्पन्न गर्नसक्छ। विश्व बजारमा गहुँ अभावका लागि भारतको पनि निकै ठूलो भूमिका रहेको छ। विश्व बजारमा पुग्ने गहुँको दोस्रो नियातकार्ता भारत हो। तर, भारतले विश्वमा देखिएको गहुँको अभावसँगै आफ्ना किसानलाई गहुँ नबेच्न निर्देशन दिएको छ।

विश्व बजारमा भएको गहुँ अभावलाई पश्चिमा देशहरूले रूसी राष्ट्रपति पुटिनको सोचविचार युक्त कदम भएको आशंका गरेका छन्। विश्व बजारमा खाद्य संकट उत्पन्न गर्नकै लागि रूसी राष्ट्रपति पुटिनले गहुँ निर्यातमा कडाइ गर्न लागेको उनीहरूको आरोप छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved