मानवअधिकार संरक्षण गर्न चीन प्रतिबद्ध छ : सी चिनफिङ

राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र चिनियाँ सरकार मानवअधिकार संरक्षण गर्न प्रतिबद्ध रहेको पनि बताए।

नेपालभ्युज

मानवअधिकार संरक्षण गर्न चीन प्रतिबद्ध छ : सी चिनफिङ

एजेन्सी। चीनका राष्ट्रपति सी चिनफिङले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेटसँग भिडिओ-वार्ता गरेका छन्।

ब्याचेलेटलाई चीनमा स्वागत गर्दै राष्ट्रपति सीले चीनको मानवअधिकारको विकाससँग सम्बन्धित प्रमुख मुद्दाहरूको बारेमा विस्तृत रूपमा व्याख्यासमेत गरेका छन्।

राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र चिनियाँ सरकार मानवअधिकार संरक्षण गर्न प्रतिबद्ध रहेको पनि बताए।

चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नै चिनियाँ जनताको खुशी र चीनको पुनरुत्थानलाई केन्द्रमा राखेको सीको भनाइ छ।

चिनियाँ कम्युनिष्ट पार्टीले सय वर्षभन्दा बढी समयदेखि जनताको हितमा काम गर्ने प्रयास गरेको पनि राष्ट्रपति सीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved