यी हुन् टी-२० लिग खेल्ने ६ टोली

क्यानले सङ्घको आफ्नै आधिकारिक लिए सञ्चालन हुने भएकाले अन्य कुनै पनि लिगलाई राष्ट्रिय मान्यता नदिनेसमेत निर्णय गरेको छ।

नेपालभ्युज

यी हुन् टी-२० लिग खेल्ने ६ टोली

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी-२० लिग खेल्ने छ टोलीको नाम सार्वजनिक गरेको छ।

आगामी ८ असोजदेखि ५ कात्तिकसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी हुने टोलीको नाम क्यानको मङ्गलबार बसेको बोर्ड बैठकले निर्णय गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जानकारी दिए।

क्यानका अनुसार टी–ट्वान्टी लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी-भैरहवा र फार वेस्टर्न रहेका छन्।

बैठकले अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाइज लिगले पुर्‍याएको योगदानको कदरसहित धन्यवाद दिँदै सङ्घको आफ्नै आधिकारिक लिए सञ्चालन हुने भएकाले अन्य कुनै पनि लिगलाई राष्ट्रिय मान्यता नदिनेसमेत निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved