कांग्रेसले जित्यो उदयपुरको कटारी

उदयपुरको कटारी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन्।

नेपालभ्युज

कांग्रेसले जित्यो उदयपुरको कटारी

काठमाडौं। उदयपुरको कटारी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन्।

निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४६५ मतान्तरले पराजित गर्दै प्रमुखमा श्रेष्ठ निर्वाचित भएका हुन्।

श्रेष्ठले ६ हजार ४१७ मत ल्याउँदा बरालले पाँच हजार ९५२ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठ भने पाँच हजार ७१५ मत ल्याएर तेस्रो भए।

उपप्रमुख भने एमालेले जितेको छ। एमालेकी उम्मेदवार गीता खड्का ६ हजार ४१३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का विनोद कटुवालले तीन हजार ८२१ मत पाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved