मेयरमा दोहोरिएकी रेनुको पहिलो निर्णय : ७ हजार लिटर पानीको पैसा नपर्ने, छोरीलाई निःशुल्क बीमा

पाँच दलीय गठबन्धनको तर्फबाट भरतपुरको मेयरमा निर्वाचित नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले दोस्रो कार्यकाल शुरु गरेको पहिलो निर्णयमा यस्तो व्यवस्था गरेकी हुन्।

नेपालभ्युज

मेयरमा दोहोरिएकी रेनुको पहिलो निर्णय : ७ हजार लिटर पानीको पैसा नपर्ने, छोरीलाई निःशुल्क बीमा
फाइल तस्वीर

चितवन। भरतपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित मेयर रेनु दाहालले महानगरभित्रका नागरिकलाई सात हजार लिटरसम्म पानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेकी छन्।

पाँच दलीय गठबन्धनको तर्फबाट भरतपुरको मेयरमा निर्वाचित नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले दोस्रो कार्यकाल शुरु गरेको पहिलो निर्णयमा यस्तो व्यवस्था गरेकी हुन्।

निर्णयअनुसार अब महानगरभित्रका ग्राहकले सात हजार लिटरसम्म पानी निःशुल्क पाउनछन्।

मेयर दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरुका लागि बीमाको व्यवस्था पनि गरेकी छन्। उनले सरकारी अस्पतालमा जन्म लिने छोरीहरुलाई निःशुल्क बीमा गरिदिने निर्णय गरेकी हुन्।

उक्त बीमा एक लाख रुपैयाँ बराबरको हुने बताइएको छ। जसको अवधि १५ वर्षको हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved