ट्रेडोस गेब्रेयसस निर्वाचित भए फेरि डब्ल्युएचओको महानिर्देशक

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुनः डाक्टर ट्रेडोस अधानोम गेब्रेयसस नियुक्त भएका छन्। गेब्रेयसस पहिलो पटक २०१७ मा निर्वाचित भएका थिए।

नेपालभ्युज

ट्रेडोस गेब्रेयसस निर्वाचित भए फेरि डब्ल्युएचओको महानिर्देशक

काठमाडौं। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुनः डाक्टर ट्रेडोस अधानोम गेब्रेयसस नियुक्त भएका छन्। गेब्रेयसस पहिलो पटक २०१७ मा निर्वाचित भएका थिए।

उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले फेरि आगामी पाँच वर्षे कार्यकालका लागि पुनः महानिर्देशकमा निर्वाचित गरेका हुन्।

पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औँ विश्व स्वास्थ्य सम्मेलनबाट उनी पुनः अर्को कार्यकालका लागि निर्वाचित भएका हुन्। गेब्रेयसस एक्लो उम्मेदवार थिए।

स्वास्थ्य प्रवर्द्धन गर्ने, विश्वलाई सुरक्षित राख्ने र जोखिममा परेकाहरूलाई सेवा गर्ने आफ्नो मिसनलाई विश्व स्वास्थ्य सङ्गठनले पूरा गरेको उनको भनाइ छ। उनी केही समयअघि नेपाल भ्रमणमा पनि आएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved