तुलसीपुरको मेयर र उपमेयरमा एमाले उम्मेदवार जित नजिक

तुलसीपुरको मतगणना अन्तिम चरणमा पुगेको छ। ७० हजार ४७४ मत गणना हुँदा एमालेका उम्मेदवार टिकाराम खड्काले ३ हजार ३१० मतको अग्रता लिएका छन्।

नेपालभ्युज

तुलसीपुरको मेयर र उपमेयरमा एमाले उम्मेदवार जित नजिक

दाङ। तुलसीपुरको मतगणना अन्तिम चरणमा पुगेको छ। ७० हजार ४७४ मत गणना हुँदा एमालेका उम्मेदवार टिकाराम खड्काले ३ हजार ३१० मतको अग्रता लिएका छन्।

उनले २९ हजार ७३३ मत प्राप्त गरेका छन्। कांग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले २६ हजार ४२३ मत प्राप्त गरेका छन्। अब करिब ४ हजार मत गणना गर्न बाँकी छ। उपमेयरमा पनि एमालेका उम्मेदवार स्यानी चौधरी ९ हजार १०४ मतका साथ अग्रस्थानमा छिन्। चौधरीले २९ हजार ५१ मत प्राप्त गरेकी छिन्। गठबन्धनका उम्मेदवार जोगबहादुर रानाले १९ हजार ९ सय ४७ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved