चुनाव हार्ने भएपछि नेकपा एसका केन्द्रीय सदस्यले दिए राजीनामा

३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा तुलसीपुर उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार रहेका रानाले हार निश्चित भएपछि पदबाट राजीनामा दिएको बताएका छन्।

नेपालभ्युज

चुनाव हार्ने भएपछि नेकपा एसका केन्द्रीय सदस्यले दिए राजीनामा

काठमाडौं। नेकपा एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य जोगबहादुर रानाले पदबाट राजीनामा दिएका छन्।

पार्टीको दाङ इनचार्जसमेत रहेका रानाले सामाजिक सञ्जालमार्फत केन्द्रीय सदस्य पदबाट राजीनामाको घोषणा गरेका हुन्।

३० वैशाखमा सम्पन्न स्थानीय चुनावमा तुलसीपुर उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार रहेका रानाले हार निश्चित भएपछि पदबाट राजीनामा दिएको बताएका छन्।

रानाले स्थानीय चुनावमा पार्टीलाई जिताउन नसकेको र अपेक्षित भूमिका निभाउन नसकेको भन्दै पदबाट राजीनामाको घोषणा गरेका हुन्। राजीनामासँगै उनले पार्टीको भविष्य उज्ज्वल रहेको र संगठन निर्माणमा सक्रिय नै रहने पनि बताएका छन्।

तुलसीपुरमा मतगणना जारी रहे पनि उपमेयर पदमा राना एमालेकी स्यानी चौधरीभन्दा करीब नौ हजार मतान्तरमा पछाडि परेका छन्। जसकारण उनले हार स्वीकार्दै राजीनामा दिएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved