चेल्सी किन्न बोहलीलाई प्रिमियर लिगले दियो अनुमति

चेल्सी क्लबलाई अमेरिकी अर्बपति टोड बोहलीले आफ्नो स्वामित्वमा लगेका हुन्। उनले ४.२५ बिलियन पाउण्डमा क्लब खरिद गरेका हुन्।

नेपालभ्युज

चेल्सी किन्न बोहलीलाई प्रिमियर लिगले दियो अनुमति

काठमाडौं। इंग्लिस प्रिमियर लिगले चेल्सीको स्वामित्व खरिद बिक्रीका लागि अनुमति दिएको छ। चेल्सीका हालका मालिम रसियन अर्बपति रोमन अब्रमोविचलाई बेलायतमा प्रतिबन्ध लागेपछि उनले क्लब बेच्न लागेका हुन्।

चेल्सी क्लबलाई अमेरिकी अर्बपति टोड बोहलीले खरिद गर्न लागेका हुन्। उनले ४.२५ बिलियन पाउण्डमा क्लब खरिद गरेका हुन्। जसलाई अब प्रिमियर लिगले अनुमति दिएको छ।

प्रिमियर लिगले अनुमति दिएसँगै अब बेलायत सरकारले अनुमति दिएपछि टोड वैधानिक रुपमा चेल्सीको मालिक बन्नेछन्। सन् २००४ मा चेल्सीको मालिक बनेका रोमनले बेलायत बस्न प्रतिबन्ध लागेका कारण अहिले क्लब बेचेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved