अमेरिकाको टेक्ससमा गोली चल्दा शिक्षकसहित कम्तीमा १४ बालबालिकाको मृत्यु

अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा गोली चल्दा एक शिक्षक र कम्तीमा १४ जना विद्यार्थी मारिएका छन्। एक बन्दुकधारीले गोली प्रहार गर्दा उनीहरूको ज्यान गएको हो।

नेपालभ्युज

अमेरिकाको टेक्ससमा गोली चल्दा शिक्षकसहित कम्तीमा १४ बालबालिकाको मृत्यु

काठमाडौं। अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा गोली चल्दा एक शिक्षक र कम्तीमा १४ जना विद्यार्थी मारिएका छन्। एक बन्दुकधारीले गोली प्रहार गर्दा उनीहरूको ज्यान गएको हो

आक्रमणकारीले पिस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने राज्यका गभर्नर ग्रेग याबटले बताएका छन्। लगतै सुरक्षाकर्मीले ती बन्दुकधारीको पनि हत्या गरेका छन्।

रब एलिमेन्ट्री नामको स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेका थिए। उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन्।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved