दलित अधिकारकर्मीमाथिको विभेद मुद्दा दर्ता गर्न प्रहरीको आनाकानी

दलित अधिकारकर्मीमाथिको विभेद मुद्दा दर्ता गर्न प्रहरीको आनाकानी

धनगढी। एक दलित अधिकारकर्मीमाथि भएको जातीय विभेद तथा आक्रमण मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय अछामले आनाकानी गरेको छ।

साँफेबगर नगरपालिका–७ की स्थानीय महिला अधिकारकर्मी राधिका भुजेलमाथि भएको जातीय विभेद तथा आक्रमणको जाहेरी जिप्रकाले दर्ता गर्न अस्वीकार गरेको हो।

साँफेबगर नगरपालिका स्थानीय हिक्मत कडायत, प्रकाश कडायत, शिव कडायत र धनकला कुमालले ३० वैशाखमा आफूमाथि गाली बेज्जती गरेको र आक्रमण गरेको भुजेलको आरोप छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसंचार राज्यमन्त्री गोविन्दबहादुर शाहका कार्यकर्ता रहेका कारण र उनीहरूले राजनीतिक आस्था फरक भएका कारण शाहको इसारामाआफूमाथि आक्रमण र विभेद भएको भुजेलको गुनासो छ।

उनले आफूमाथि जातीय अपशब्दहरू प्रयोेग गरेर गाली गरेको र त्यसपछि आक्रमणसमेत गरेको गुनासो गरेकी छन्। आफूलाई ‘डुबुनी,कमिनी’जस्ता अपाच्य शब्दहरू प्रयो गरी जातीय छुवाछुत गरेको र त्यसपछि उनीहरूले आफूमाथि आक्रमण गरेको नेपालभ्यूजसँग उनले बताइन्।

आफूमाथि आक्रमण गर्ने पाँचै जनाविरुद्ध मुद्दा दर्ता गर्न सोही दिन स्थानीय प्रहरी चौकीमा गएको सोही दिन मुद्दा दर्ता नभएपछि लगातार जिल्ला प्रहरी कार्यालय धाइरहेको भुजेलको गुनासो छ। उनले ८ जेठसम्म जिल्ला प्रहरी कार्यालय अछामले जाहेरी दर्ता गर्न नमानेपछि आफू झनै पीडित भएको गुनासो गरिन्।

उनले भनिन्, “जाहेरी लगेर दिनदिनै जिल्ला प्रहरी कार्यालय धाइरहेकी छु, डीएसपी सा’बले मुद्दा दर्ता हुन्छ भनेर हिजो दिनभर कुराए, बेलुका फोन अफ गरेर सम्पर्कविहीन भए,” उनले थपिन्, “हिजो ९ गतेसम्म जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गर्न नमानेपछि जिल्ला सरकारी वकील कार्यालयमा मुद्दा दर्ता गरेको छु।”

यता जिल्ला प्रहरी कार्यालयमा प्रमुख डीएसपी रुद्रराज थपलियाले भने कार्यालयमा मुद्दा आइपुगेको र दर्ता पक्रिया अगाडि बढाएको जानकारी दिए। उनले पीडितले आफूलाई नभेटेको र बाहिर गएकाले दर्ता नभएको बताए। उनले कार्यालय मुद्दा दर्ता भएपछि कानूनअनुसार पक्रिया बढाइने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved