काठमाडौं महानगर–२२ काे वडाध्यक्षमा एमाले विजयी

काठमाडौं महानगरपालिकाकाे वडा नम्बर २२ काे वडाध्यक्षमा नेकपा (एमाले) का चिनीकाजी महर्जन विजयी भएका छन्।

नेपालभ्युज

काठमाडौं महानगर–२२ काे वडाध्यक्षमा एमाले विजयी

काठमाडौं। काठमाडौं महानगरपालिकाकाे वडा नम्बर २२ काे वडाध्यक्षमा नेकपा (एमाले) का चिनीकाजी महर्जन विजयी भएका छन्।

महर्जनले प्रतिस्पर्धी नेपाली कांग्रेसका शालिग्राम तण्डुकारलाई ५८२ मतले पछि पार्दै अध्यक्ष पदमा विजयी भएका हुन्।

महर्जनले दुई हजार ६० मत प्राप्त गर्दा तण्डुकारले एक हजार ४७८ मत प्राप्त गरे।

वडा सदस्यमा कांग्रेसका उम्मेदवार अनिल हाडा र चन्द्रमान तुलाधर विजयी भएका छन्। महिला सदस्यमा कांग्रेसको तर्फबाट ललिता खड्गी र दलित महिला सदस्यमा एमालेको गीता परियार यस अघिनै निर्विरोध निर्वाचित भइसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved