फेरि सर्‍यो नवौं राष्ट्रिय खेलकुद

नेपालभ्युज

फेरि सर्‍यो नवौं राष्ट्रिय खेलकुद

काठमाडौं। यसै महीना आयोजना हने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि सरेको छ। युवा तथा खेलकुद मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनमार्फत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब आगामी असोज र कार्तिक महिनामा आयोजना हुने जानकारी गराएको छ।

अब नवौं राष्ट्रिय खेलकुद २८ असोजदेखि ३ कार्तिकसम्म सञ्चालन हुनेछ। मन्त्रिपरिषद‍्को बैठकबाट नै यौ प्रतियोगिता सार्ने निर्णय भएको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले पत्रकार सम्मेलनमा बताए।

पूर्वयोजना अनुसार दुई वर्षअघि नै आयोजना हुनुपर्ने यो राष्ट्रिय प्रतियोगिता कोभिडका कारण हुन सकेको थिएन। त्यसपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवको विवादका कारण यस प्रतियोगिताको मिति तय भएको थिएन।

अन्तयमा मन्त्रिपरिषद‍्ले यसै महीना २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको पोखरामा नवौं राष्ट्रिय खेलकुद आयोजना हुने निर्णय गरेको थियो। तर उक्त मिति पनि पुन सरेको छ।

मन्त्री गहतराजका अनुसार फास्ट ट्रयाकमा काम गर्न भनिए पनि कानूनी प्रक्रियाका कारण तयारी पूरा नभएकाले प्रतियोगिता सार्नुपरेको हो। यो प्रतियोगितामा ३८ खेल समावेश गर्ने योजना छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved