यू–१७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा

यू–१७ एसियन कप फुटबलको छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा परेको छ।

नेपालभ्युज

यू–१७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा

काठमाडौं। आसन्न यू–१७ एसियन कप फुटबलको छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा परेको छ।

मंगलबार एसियाली फुटबल महासंघ (एएफसी) ले छनोट प्रतियोगिताको समूह चरणको ड्र गरेको थियो।

उक्त ड्रमा समूह ‘एफ’ मा परेको नेपालले समूह चरण थाइल्याण्ड, भियतनाम र चाइनीज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताका खेलहरु आगामी अक्टोबरमा भियतनाममा हुनेछ।

छनोट प्रतियोगितामा समावेश कुल ४४ टिमलाई १० समूहमा बाँडिएको छ। जसमध्येबाट १६ टिमले यू–१७ एसियन कपमा प्रवेश पाउने छन्।

यू–१७ एसियन कप अर्को वर्ष बहराइनमा आयेजना हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved