टर्कीले सिरियामा नयाँ सैन्य कारबाही गर्ने

एर्दोगानका अनुसार टर्कीले सिरियाको उत्तरी क्षेत्रमा नयाँ सैन्य कारबाहीका लागि तयारी गरेको छ।

नेपालभ्युज

टर्कीले सिरियामा नयाँ सैन्य कारबाही गर्ने

एजेन्सी। टर्कीले सिरियामा नयाँ सैन्य कारबाही गर्न लागेको बताइएको छ। टर्कीका राष्ट्रपति रिसेप तय्यप एर्दोगानले टर्कीले यस विषयमा तयारी गरिरहेको बताएका हुन्।

एर्दोगानका अनुसार टर्कीले सिरियाको उत्तरी क्षेत्रमा नयाँ सैन्य कारबाहीका लागि तयारी गरेको छ।

सोमबारको मन्त्रिपरिषदको बैठकपछि टर्कीका राष्ट्रपति एर्दोगानले भनेका छन्,– हामीले धेरै तयारी गरिरहेका छौँ र उत्तरी सिरियाको बारेमा आवश्यक गुप्तचर एवं सबै प्रकारको तयारी गरिसकेका छौँ, हामीले सो क्षेत्रमा चाँडै नै कारबाहीको तयारी गर्नेछौँ।

टर्कीको सेनाको नियन्त्रण नरहेको टर्कीको उत्तरी क्षेत्रमा सैन्य कारबाही शुरु गरिने पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

सो क्षेत्रमा लामो समयदेखि आतंककारी क्रियाकलापहरु भएका र सो क्षेत्रमा टर्कीको सेनाको नियन्त्रण गुमेकाले सोही क्षेत्रमा कारबाही गर्ने योजना बनाएको राष्ट्रपति एर्दोगानले बताए।

सिरियामा विगत लामो समयदेखि हिंसात्मक विद्रोही जारी रहेको छ। सिरियामा टर्कीको सेनाको पनि सहभागिता रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved