क्यानाडामा आँधीबाट १० जनाको मृत्यु

क्यानाडाको ओन्टरियो र क्वेबेकमा आएको आँधीमा परी साेमबार दश जनाकाे ज्यान गएकाे हाे।

नेपालभ्युज

क्यानाडामा आँधीबाट १० जनाको मृत्यु

आटावा। क्यानाडामा आँधीमा परी कम्तीमा दश जनाको ज्यान गएको छ।

क्यानाडाको ओन्टरियो र क्वेबेकमा आएको आँधीमा परी साेमबार दश जनाकाे ज्यान गएकाे हाे।

प्रति घन्टा १२० किलोमीटरको गतिमा आँधी आएको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। आँधीमा भौतिक संरचनाहरु पनि भत्किएका छन्। दशौँ हजार मानिस विद्युतविहीन भएर बसेका छन्।

क्यानाडाको धेरै जनसंख्या भएको शहर मानिने ओन्टोरियोमा आँधीले रुखहरु ढालेको छ भने यहाँको विद्युत आपूर्तिमा पनि क्षति पुर्‍याएको बताइएको छ। आँधीका कारण त्यहाँकाे जनजीवन प्रभावित भएको बताइएको छ।

क्यानडामा सन् १९९८ पछि आँधी आएको यो पहिलो पटक हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved