पोखराका दुई वडामा पुनः मतगणना गर्न एमालेको माग

पोखरा महानगरपालिकाको दुई ओटा वडामा नेकपा (एमाले) ले पुनः मतगणनाकाे माग गरेकाे छ।

नेपालभ्युज

पोखराका दुई वडामा पुनः मतगणना गर्न एमालेको माग

काठमाडौं। पोखरा महानगरपालिकाको दुई ओटा वडामा नेकपा (एमाले) ले पुनः मतगणनाकाे माग गरेकाे छ।

वडा ३१ काे नतिजा सोमबार आएको थियो भने १८ को नतिजा आज आएको हाे। मतपरिणाम प्रतिस्पर्धीकाे भन्दा कम आएपछि एमालेले पुन: मतगणना गर्न माग गरेकाे हाे।

प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको हस्ताक्षरमा पुनः मतगणनाका लागि मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिइएको नेकपा एमाले महानगर कमिटी पोखराले जनाएको छ।

वडा नम्बर ३१ मा नेपाली कांग्रेसका ढकनाथ कँडेल र १८ मा कांग्रेसकै शिवप्रसाद तिमिल्सिना निर्वाचित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved