‘व्यवसायीहरुले बैंकिङ च्यानलबाहिर प्याकेज बिक्री गर्दा जीडीपीमा पर्यटनको योगदान कम देखियो’

कार्यकारी प्रमुख रेग्मीले पर्यटकहरुले अनलाइनमार्फत किनेको प्याकेजको ७० प्रतिशत रकम विदेशी खातामा नै जम्मा गर्ने गरेकाले पर्यटन क्षेत्रको योगदान कम हुँदै गएको बताए।

नेपालभ्युज

‘व्यवसायीहरुले बैंकिङ च्यानलबाहिर प्याकेज बिक्री गर्दा जीडीपीमा पर्यटनको योगदान कम देखियो’

काठमाडौं। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पर्यटन व्यवसायीहरुले प्याकेज बिक्री गरेबापतको रकम बैंकिङ च्यानलभन्दा बाहिरबाट आउने गरेकाले पर्यटन क्षेत्रको जीडीपीमा योगदान कम देखिएको बताएका छन्।

पर्यटन बोर्डको तर्फबाट नवनियुक्त बोर्ड सदस्य, नाटा र भिटोभका नयाँ कार्यसमिति सदस्यहरुलाई स्वागत गर्दै कार्यकारी प्रमुख रेग्मीले पर्यटकहरुले अनलाइनमार्फत किनेको प्याकेजको ७० प्रतिशत रकम विदेशी खातामा नै जम्मा गर्ने गरेकाले पर्यटन क्षेत्रको योगदान कम हुँदै गएको बताए।

“पर्यटन व्यवसायीहरुले बनाएको टुरिजम प्याकेज अनलाइनबाट किन्दा अनलाइन एप्सलाइ ३० प्रतिशत लग्ने गर्छ। बाँकी पैसा कम्पनीलाई आउने हो। त्यसमा पनि १३ प्रतिशत भ्याटको कुरा आउने भएकाले त्यो पैैसा नेपालबाट नबुझेर फरेन खातामा कतिपय व्यवसायीहरुले जम्मा गर्नुभएको छ,” कार्यकारी प्रमुख रेग्मीले भने, “त्यसो गर्दा नेपालको अर्थतन्त्रको आएमा देखिने भएन। नदेखिँदा नेपालमा पर्यटन उद्योगको योगदान ३ प्रतिशत मात्रै देखिने भयो।”

कार्यकारी प्रमुख डा. रेग्मीले पर्यटन क्षेत्रले मुलुकको कुल गार्हस्थ उत्पादनमा ७ देखि १० प्रतिशत योगदान रहेकाले त्यो योगदान कायम राख्न यस्तो रकम बैंकिङ च्यानलमार्फत नेपाल आउनुपर्ने बताए। उनले व्यवसायीहरुले कार्यकारी प्रमुखले सधैँ करको कुरा गर्ने आरोप लगाएको पनि बताए।

कार्यकारी प्रमुख रेग्मीले पर्यटन क्षेत्रले राज्यलाई पुर्‍याउने योगदानको विषय गर्वका साथ भन्नसक्ने अवस्था सिर्जना गर्ने वातावरण बनाउनको लागि करको विषय उठान गरेको पनि प्रष्ट पारे।

“सबै पैसा नेपाल आउन सकेको छैन। बैंकिङ च्यानलमा छैन। जहिले पनि सीईओले करका कुरा गर्छ भन्नुहुन्छ,” कार्यकारी प्रमुख रेग्मीले भने, “मैले करको कुरा नभएर गर्व गर्ने गरी राज्यलाई पर्यटन उद्योगको यति प्रतिशत योगदान छ भनेर भन्नुपर्छ। अहिले त्यो अवस्था नभएकाले यो भनेको हो।”

रेग्मीले कोभिडपछि पर्यटनमा देखिएको समस्या समाधान गर्न बोर्डले काम गरिरहेको बताए। उनले पछिल्ला समय नेपालमा पर्यटक आगमनमा भएको वृद्धिले पर्यटन छिट्टै लयमा फर्किने आशा जगाएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved