तुलसीपुर उपमहानगरमा एमालेका उम्मेदवार जितउन्मुख

कूल ७४ हजार ३९३ मत खसेको उपमहानगरमा अहिलेसम्म ५९ हजार ५६३ मतगणना भइसकेको छ। मेयर र उपमेयर दुवै पदमा एमाले उम्मेदवारले अग्रता बनाएका हुन्।

नेपालभ्युज

तुलसीपुर उपमहानगरमा एमालेका उम्मेदवार जितउन्मुख

दाङ। तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवारहरु जितउन्मुख भएका छन्। करीब १५ हजार मतगणना बाँकी रहँदा मेयर र उपमेयर दुवै पदमा एमाले उम्मेदवारले अग्रता बनाएका छन्।

कूल ७४ हजार ३९३ मत खसेको उपमहानगरमा अहिलेसम्म ५९ हजार ५६३ मतगणना भइसकेको छ। जसमा दुवै पदमा एमाले उम्मेदवारले अग्रता बनाएका हुन्।

उपमहानगरमा एमालेबाट मेयरका उम्मेदवार टीकाराम खड्का २४ हजार ८९१ मतसहित अग्रता बनाइरहेका छन्। उनलाई पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २३ हजार २०६ मतसहित पछ्याइरहेका छन्। उनीहरुबीचको मतान्तर एक हजार ६८५ रहेको छ।

यस्तै, उपमेयरमा पनि एमाले उम्मेदवारले फराकिलो अग्रता बनाएका छन्। एमालेकी स्यानी चौधरीले २४ हजार ५७२ पाउँदा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानाले १७ हजार ३३३ मत पाएका छन्। उनीहरुबीचको मतान्तर ७ हजार २३९ रहेको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कूल १९ वडा रहेको तुलसीपुरको १४ ओटा वडाको मतगणना सकिएको छ भने अहिले १२, १५ र १६ वडाको गणना जारी छ। त्यसपछि बाँकी रहेका वडा नम्बर १८ र १९ को गणना हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved