आगामी बुधबारदेखि प्रसारण हुँदै ‘कमेडी हब’

कलाकाल केदार घिमिरेले कार्यक्रममा नयाँ आयाम थपेर प्रश्तुत गर्ने बताए। उनले आगामी दिनमा यसले कमेडीको क्षेत्रमा धेरै सहयोग पुग्ने बताए।

नेपालभ्युज

आगामी बुधबारदेखि प्रसारण हुँदै ‘कमेडी हब’

काठमाडौं। हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) को निर्देशनमा रहेको स्ट्याण्डअप कमेडी टेलिभिजन शो ‘कमेडी हब’ बुधबारदेखि प्रसारण हुने भएको छ ।

कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित हास्यविधाका चर्चित कलाकारले यो शोको शुभारम्भ गरे। एक दर्जनभन्दा बढी नयाँपुस्ताका कमेडी कलाकारलाई लिएर मिडिया हबले कार्यक्रम निर्माण गर्ने जनाएको छ ।

उक्त शोमा पहिलो कमेडी च्याम्पियन हिमेश पन्तसहितका १८ कमेडियनले स्ट्याण्डअप कमेडी प्रश्तुत गर्ने भएका छन् ।

कलाकाल केदार घिमिरेले कार्यक्रममा नयाँ आयाम थपेर प्रश्तुत गर्ने बताए। उनले आगामी दिनमा यसले कमेडीको क्षेत्रमा धेरै सहयोग पुग्ने बताए।

शुभारम्भ कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, जितु नेपाल, दीपकराज गिरी, दीपाश्री निरौला लगायतले धेरै आयाम थपेर निर्माण हुन लागेको कमेडी हब सुपरहिट बन्ने भन्दै शुभकामना दिए।

यसका लागि कमेडी हबले माग्ने बुढा र राजा राजेन्द्रसँग सहकार्य गरेको छ । एपी वान टेलिभिजनमा प्रत्येक बुधबार राति ८ बजे कार्यक्रम प्रसारण हुने जनाइएको छ ।

शोमा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल र हिमेशसहित सुबोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरेले प्रस्तुति दिनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved