एन्फामा शेर्पाको फेरि उम्मेदवारी

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले चार वर्षको कार्यकालमा आफ्नो वचनअनुसार सबै काम पूरा गरेको दाबी गरेका छन् ।

नेपालभ्युज

एन्फामा शेर्पाको फेरि उम्मेदवारी

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले चार वर्षको कार्यकालमा आफ्नो वचनअनुसार सबै काम पूरा गरेको दाबी गरेका छन् ।

असार ६ गते हुने एन्फा निर्वाचनमा फेरि नेतृत्वका लागि चुनौती पेस गर्ने घोषणा गर्दै यस्तो बताएका हुन्। शेर्पाले यस अवधिमा कोरोना महामारीका कारण पर्याप्त काम गर्न नसकेको भने स्विकारे।

अर्को कार्यकालका लागि आफू निर्वाचित भए ती सबै अपूर्ण काम पनि पूरा गर्ने दाबी गरे। अध्यक्षमा उम्मेदवारी घोषणाका क्रममा अध्यक्ष शेर्पाले आफ्नो कार्यकालमा भएका उपलब्धि र भावी कार्यक्रम पनि प्रस्तुत गरेका छन्।

शेर्पाले एन्फा र नेपाली फुटबल आफ्नो घर खर्च चलाउने माध्यम नभएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved