भरतपुरको मेयरमा रेनु, उपमेयरमा चित्रसेन विजयी

नेपालभ्युज

भरतपुरको मेयरमा रेनु, उपमेयरमा चित्रसेन विजयी

चितवन। भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनले जित हासिल गरेको छ। मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली चित्रसेन अधिकारी विजयी भएका हुन्।

भरतपुरमा ११ हजार १७३ मत गन्न बाँकी रहँदै मेयर र उपमेयरमा जित पक्का भएको हो। उनले नेकपा एमालेका विजय सुवेदीसँग ११ हजार ४५७ मतको अग्रता लिइसकेकाले जित पक्का भएको हो।

भरतपुरमा कुल १ लाख २७ हजार ८३९ मत खसेकोमा हालसम्म रेनु दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका सुवेदीले ३५ हजार ५८३ मत पाएका छन्।

यस्तै उपमेयरमा चित्रसेनले ४७ हजार ४७ हजार ९५८ मतसहित जित पक्का गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved