काठमाडौं-धरान परिणाम ओलीप्रतिको असन्तुष्टि, हामी त्यसैको घानमा पर्‍यौँ : कांग्रेस

स्वतन्त्र उम्मेदवारहरूको जित ओलीप्रति जनताको असन्तुष्टि भएको दाबी गर्दै कांग्रेसले आफूले योग्य उम्मेदवार उठाए पनि एमालेका कारण हार बेहोर्नुपरेको बताएको छ।

नेपालभ्युज

काठमाडौं-धरान परिणाम ओलीप्रतिको असन्तुष्टि, हामी त्यसैको घानमा पर्‍यौँ : कांग्रेस
फाइल फोटो

काठमाडौं। नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूप्रति जनताको आकर्षण नेकपा एमालेप्रतिको असन्तुष्टि भएको बताएको छ। आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले धरान र काठमाडौंमा आएको चुनावी परिणाम मुख्यगरी जनतामा एमाले प्रतिदेखिएको असन्तुष्टि भएको दाबी गर्‍यो।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरूले धरानमा योग्य उम्मेदवार उठाएको दाबी गर्दै नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तामा जनताको बर्खिलाप काम गरेकाले त्यसको असर अन्य दलले पनि भोग्नुपरेको आरोप लगाए।

‘‘हामीले खराब उम्मेदवार उठाएको भन्ने होइन, किशोर राई पार्टीको मात्रै नभएर सामाजिक क्षेत्रमा पनि निरन्तर लागिरहने व्यक्ति हो तर कहिलेकाहीँ नयाँ हावा चल्छ यसले केही गर्छ कि भनेर उत्सुकता हेरिहालौँ भन्ने त्यसको परिणाम हो यो,” उनले भने, ‘‘ओलीको शासन सत्ताका कारण त्यसैको घानमा कांग्रेस पनि पर्‍यो,  मूलभूत असन्तुष्टि एमालेप्रति हो जनताको। एउटाले गरेको गलत कामको असर पनि बेहोर्नुपर्ने हुन्छ।”

उनले धरान मात्रै नभएर काठमाडौंमा देखिएको स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षण पनि एमालेप्रतिकै असन्तुष्टि भएको बताए।

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले २० हजार ८२१ मतसहित नेपाली कांग्रेसका किशोर राईलाई पराजित गरेका थिए। यता काठमाडौंमा नेपाली कांग्रेसकी सिर्जना सिंहलाई सुदूर मतले पछि पार्दै बालेन शाहले अग्रता लिइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved