ईपीएल नरोक्न क्यानलाई आयोजकको अपिल

एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) नरोक्न आयोजक र ईपीएलका ६ फ्रेन्चाइज टिमहरुले नेपाल क्रिकेट संघ (क्यान) लाई अपिल गरेका छन्।

नेपालभ्युज

ईपीएल नरोक्न क्यानलाई आयोजकको अपिल

काठमाडौं। एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) नरोक्न आयोजक र ईपीएलका ६ फ्रेन्चाइज टिमहरुले नेपाल क्रिकेट संघ (क्यान) लाई अपिल गरेका छन्।

क्यान आफैले नेपालको एक मात्र आधिकारीक फ्रेन्चाइज लिगको रुपमा नेपाल टी–ट्वान्टी लिग आयोजना गर्ने भएपछि ईपीएलको भविष्य अन्योलमा परेको हो। सोमबार आयोजित पत्रकार सम्मेलनमा ईपीएलमा सहभागिता जनाउने ६ ओटा क्लबले क्यानले नेपाल टी–ट्वान्टी लिगसँगै ईपीएललाई पनि मान्यता दिनुपर्ने माग गरेकाे छ।

हाल प्रत्यक्ष वा परोक्ष रुपमा प्रायोजनका लागि करिब एक सय कर्पोरेट संस्था ईपीएल र ईपीएलका टिमसँग आबद्ध छन्। यदि क्यानले ईपीएललाई मान्यता नदिएमा ती कर्पोरेट संस्था र प्रायोजकहरुले क्यानलाई बाइकट गर्ने चेतावनी दिएकाे छ।

क्यानका अनुसार अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कुनै पनि देशको आधिकारीक फ्रेन्चाइज लिगको रुपमा एक मात्र लिगलाई मान्यता दिने र अब त्यो लिग क्यान आफैले आयोजना गर्नेछ।

ईपीएल निजी संस्थाद्वारा विगत चार संस्करणदेखि नेपालमा आयोजना भएको चर्चित फ्रेन्चाइज लिग हो। क्यान निलम्बनमा परेको अवस्थामा पनि आयोजकले आईसीसीद्वारा मान्यता लिएर यो प्रतियोगिता सञ्चालन गर्दै आएको थियो।

यसअघि क्यानका अध्यक्ष चतुर बहादुर चन्दले अन्य लिगहरु क्षेत्रीय स्तरमा मात्र आयोजना गर्न सकिने र राष्ट्रियस्तरमा आयोजना हुने अन्य लिगलाई क्यानले मान्यता नदिने बताएका थिए। क्लबहरुले भने क्यानकाे याे निर्णयले लगानी खतरामा परेकाे बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved