मतगणनास्थलमा एमाले कार्यकर्ता छिरेपछि भरतपुरमा तनाव

सर्वदलीय बैठकपछि पुन: शुरु भयो मतगणना

नेपालभ्युज

मतगणनास्थलमा एमाले कार्यकर्ता छिरेपछि भरतपुरमा तनाव

काठमाडौं। भरतपुर महानगरपालिकाको मतगणनास्थलमा एमालेका कार्यकर्ता छिरेपछि तनाव भएको छ। सोमबार दिउँसो वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

कर्मचारीले गणना गर्ने स्थलमा छिरेर मतपत्र पट्याउन थालेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

प्रतिनिधि पक्राउपछि एमालेले मतगणना अवरुद्ध पारेको थियो। अवरोधपछि सर्वदलीय बैठक बसेर विवाद टुंग्याइएको चितवन कांग्रेसका सभापति राजेश्वर खनालले बताए। एमालेका ती प्रतिनिधिले माफी मागेपछि पुन: मतगणना शुरु भएको जानकारी उनले दिए।

चितवनमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले फराकिलो मतान्तरसहित अग्रता कायम गरेकी छन् भने मतगणना अन्तिम चरणमा पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved