हाम्रो पार्टीभित्र अन्तर्घातको समस्या पुरानै हो, यही कारण हार व्यहोर्‍यौँ : कांग्रेस

कांग्रेस प्रवक्ता महतले भने, ‘‘अन्तर्घात नभएकाे भए झण्डै चार सय स्थानीय तह जित्थ्यौँ।’’

नेपालभ्युज

हाम्रो पार्टीभित्र अन्तर्घातको समस्या पुरानै हो, यही कारण हार व्यहोर्‍यौँ : कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले पार्टीभित्र अन्तर्घात हुँदा धेरै ठाउँ हार व्यहोर्नुपरेको बताएका छन्। साेमबार पत्रकार सम्मेलन गरी महतले यस्तो बताए।

उनले भने, ‘‘हाम्रो पार्टीमा अन्तर्घातको समस्या पुरानै हाे। यही समस्याले हामीले धेरै ठाउँमा पराजय व्यहाेर्नुपर्‍यो। अन्तर्घात नभएकाे भए झण्डै चार सय स्थानीय तहमा जित्ने अवस्था हुन्थ्याे।’’

तथापि संगठन मजबुत भएका कारण धेरै ठाउँमा जितेकाले परिणाम सन्तोषजनक नै रहेको उनले बताए। उनले भने, ‘‘चुनावमा प्राप्त मत परिणामले गठबन्धनका सबै दलहरु सन्तुष्ट छन्। यसले गठबन्धनको अगाडिको मार्गचित्र समेत प्रस्ट गरेको छ। यो परिणामबाट कांग्रेसको नेतृत्व सन्तुष्ट छ।’’

उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचनमा धाँधली भएको आरोप लगाएको भन्दै कांग्रेसको नेतृत्वमा मात्रै धाँधलीरहित र शान्तिपूर्ण चुनाव हुँदै आएको दाबी गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved