भक्तपुरमा २/३ दिनभित्रै मेलम्चीको पानी वितरण गर्छौँ : केयूकेएल प्रमुख शाक्य

नेपालभ्युज

भक्तपुरमा २/३ दिनभित्रै मेलम्चीको पानी वितरण गर्छौँ : केयूकेएल प्रमुख शाक्य

काठमाडौं। भक्तपुर नगरपालिकाकामा मेलम्चीको पानी वितरण गर्ने तयारी पूरा भएको छ। भक्तपुरका मेयर सुनिल प्रजापतिसँग आज भेट गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएयल) का प्रमुख मिलनकुमार शाक्यले अबको २/३ दिनभित्रै पानी वितरण गरिने बताए।

भेटमा केयूकेएलका प्रमुख शाक्यले कटुञ्जे पानी ट्याड्ढीबाट मेलम्चीको पानी भक्तपुरमा वितरण हुने तयारी भइरहेको बताए। उनले पानीको स्रोत बढाउने प्रत्यत्न पनि भइरहेको र सुन्दरीजलमा थप १० करोड लिटर थप्ने योजना अघि बढेको जानकारी दिए।

भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुरमा पानीको सहज वितरणलाई प्राथमिकतामा राखी तत्काल वितरणमा जोड दिनुपर्ने बताएका थिए। भक्तपुरको मुख्य समस्या खानेपानी भएकाले यसलाई छिटो समाधानका लागि मेलम्चीको पानी वितरणमा जोड दिनुपर्ने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved