आफूले पाउने सेवा सुविधा कैदीबन्दीलाई दिने गाउँपालिका अध्यक्षको घोषणा

कालिकोटका शुभकालीका गाउँपालिका अध्यक्षमा निर्वाचित गोविन्दप्रसाद आचार्यले आफूले पाउने सबै सेवा सुविधा कैदीबन्दीलाई दिने घोषणा गरेका छन्।

नेपालभ्युज

आफूले पाउने सेवा सुविधा कैदीबन्दीलाई दिने गाउँपालिका अध्यक्षको घोषणा

काठमाडौं। कालिकोटका शुभकालीका गाउँपालिका अध्यक्षमा निर्वाचित गोविन्दप्रसाद आचार्यले आफूले पाउने सबै सेवा सुविधा कैदीबन्दीलाई दिने घोषणा गरेका छन्।

३० वैशाखमा सम्पन्न निर्वाचनबाट गाउँपालिका अध्यक्षमा चयन भएका आचार्यले यसबाट नागरिक र स्थानीय सरकारबीच समधुर सम्बन्ध विकास हुनुका साथै कैदीहरुमा पनि परिवर्तनको भावना विकास हुने बताए।

यस्तै दैलेखकाे नारायण नगरपालिका वडा नं. १ ले आफ्ना नागरिकको मृत्यु भएमा १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ। नवनिर्वाचित वडाध्यक्ष सन्देश कुमार श्रेष्ठले वडामा कोही नागरिकको मृत्यु भएमा मृतकको परिवारलाई १५ हजार रुपैयाँ दिने निर्णय गरेका हुन्।

स्थानीयले भने वडाकाे निर्णयप्रति असन्तुष्टि जनाएका छन्। ‘‘वडा कार्यालयले किरिया खर्च भन्दा पनि बिरामीलाई सहयोग गर्ने भनेको भए राम्रो हुन्थ्यो,’’ दिनेश दशौदीले भने, ‘‘यो त तिमीहरु मर राज्यले सहयोग गर्छ भने जस्तो भयो।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved