काठमाडौं महानगरमा उपमेयरको मतगणना फेरि गर्नुपर्ने मागसहित उजुरी

नेपालभ्युज

काठमाडौं महानगरमा उपमेयरको मतगणना फेरि गर्नुपर्ने मागसहित उजुरी

काठमाडौं। काठमाडौं महानगरपालिकाको उपमेयरको मतगणना फेरि गणना गर्न माग गर्दै गठबन्धनबाट उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन्।

उम्मेदवार नै नभएका नेपाली कांग्रेसको चुनाव चिह्न रूखसहित आफ्नो चुनाव चिह्न कलममा पनि आएको मतलाई बदर मान्न नहुने मागसहित उनले उजुरी दिएका हुन्। श्रेष्ठले उम्मेदवार भएको र नभएको दुवै चिह्नमा आएको मतलाई उम्मेदवार भएको चिह्नमा गन्न माग गरेको काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले पुष्टि गरे।

श्रेष्ठले दोहोर्‍याएर मतगणना गर्नपर्ने मागसहित निवेदन दिए पनि मतगणना भने जारी रहेको जानकारी उनले दिए। मुख्य निर्वाचन अधिकृत खतिवडाले निर्वाचन आयोगको निर्देशकाबमोजिम नै मतगणना भइरहेकाले त्यस्तो मतलाई बदर भनेरै गणना गरिने बताए। उनले भने, ‘‘निर्वाचन आयोगको निर्देशन र स्थानीय तह निर्वाचन निर्देशिकाअनुसार एउटा मात्र उम्मेदवार चयन हुने पदमा दुईवटा मत संकेत पाइएमा त्यस्तो मत बदर हुने भएकाले त्यस्तो मतलाई बदरै मानेर मतगणना जारी राखेका छौँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved