पुनर्वासमा नेकपा एसका जिल्ला अध्यक्षलाई पराजित गर्दै कांग्रेस विजयी

पुनर्वास नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्षलाई पराजित गर्दै मेयर र उपमेयर नेपाली कांग्रेसले जितेको छ।

नेपालभ्युज

पुनर्वासमा नेकपा एसका जिल्ला अध्यक्षलाई पराजित गर्दै कांग्रेस विजयी

काठमाडौं। पुनर्वास नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्षलाई पराजित गर्दै मेयर र उपमेयर नेपाली कांग्रेसले जितेको छ। कांग्रेसका तोयराज शर्मा मेयरमा निर्वाचित भएका हुन्।

शर्माले १० हजार ६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका पदमबहादुर पुजाराले चार हजार ६७६ मत ल्याए। पुनर्वास नगरपालिकाको निवर्तमान मेयर समेत रहेका थापा समाजवादीका जीवनराज थापाले भने तीन हजार ७३४ मत पाए।

नेकपा एकीकृत समाजवादी कञ्चनपुरको अध्यक्ष रहेका थापा माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार थिए।

उपमेयरमा कांग्रेसकी भुलिया राना सात हजार ३४५ मत सहित विजयी हुँदा ्गठबन्धनबाट माओवादीका धोखे रानाले पाँच हजार ४९२ मत ल्याए भने एमालेकी सुशीला खत्री पाँच हजार ३०३ मत प्राप्त गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved