मतगणना नसकिँदै गठबन्धनलाई भरतपुरमा विजय र्‍याली निकाल्न हतार

पाँचदलीय गठबन्धनले भोलि (मंगलबार) भरतपुरमा विजय र्‍याली निकाल्ने तयारी गरेको छ।

नेपालभ्युज

मतगणना नसकिँदै गठबन्धनलाई भरतपुरमा विजय र्‍याली निकाल्न हतार
फाइल तस्वीर

काठमाडौं। भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पद जित्ने पक्कापक्की भएसँगै पाँचदलीय गठबन्धनले मंगलबार भरतपुरमा विजय र्‍याली निकाल्ने तयारी गरेको छ।

पाँचदलीय गठबन्धनका चितवन संयोजक एवं चितवन कांग्रेसका सभापति राजेश्वर आर्चायलेर मंगलबार विजय र्‍याली निकाल्ने तयारी गरिएको जानकारी दिए। प्रतिस्पर्धी नेकपा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदी मतगणनामा पछि पर्दै जाँदा गठबन्धन दलले आफ्नो विजय सुनिश्चित भएसँगै र्‍यालीको आयोजना गरेका हुन्। भरतपुरमा गठबन्धनबाट मेयर पदकी उम्मेदवार रेनु दाहालले १० हजार २५७ मतले प्रतिस्पर्धी सुवेदीभन्दा अगाडि रहेकी छन्।

३४ हजार २९८ मत प्राप्त गरेका सुवेदी दोस्रो स्थानमा रहँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल १३ हजार ५८३ मत प्राप्त गरेका छन्। उपमेयर पदमा गठबन्धनबाट प्रतिस्पर्धा गरेका चित्रसेन अधिकारी भने जित नजिक पुगिसकेका छन्। भरतपुरमा एमालेसँग चुनावी तालमेल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङ अधिकारीभन्दा निकै कम मत ल्याएका कारण पनि अधिकारी जितनजिक पुगेका हुन्।

उपप्रमुख अधिकारीले ४५ हजार ६९४ मत प्राप्त गर्दा गुरुङले २७ हजार ११६ मत प्राप्त गरेकी छन्। कुल १ लाख २७ भन्दा केही मत मात्र मतदान भएको थियो। हालसम्म १ लाख ११ हजारभन्दा बढी मत गणना भइसकेको छ। हाल भरतपुर वडा नं. २५ र २६ को मतगणना भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved