पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

अघिल्ला वर्षहरूमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरूले विरोध प्रदर्शन गर्दै आए पनि पछिल्लो समय निरन्तर मूल्यवृद्धि हुँदा मौन छन्। सोमबार विरोधमा उत्रिएको अखिल क्रान्तिकारीको प्रदर्शनमा पनि केही सीमित प्रदर्शनकारी उपस्थित थिए।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन (अखिल क्रान्तिकारी)ले विरोध प्रदर्शन गरेको छ।

विगत एक वर्षयता निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको नेपाल आयल निगमले आइतबार फेरि  पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ र ग्यासको मूल्य २०० रुपैयाँ बढाएको थियो। यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० र खाना पकाउने ग्यासको मूल्य १८ सय पुगेको छ।

अघिल्ला वर्षहरूमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरूले विरोध प्रदर्शन गर्दै आए पनि पछिल्लो समय निरन्तर मूल्यवृद्धि हुँदा मौन छन्। यसै क्रममा सोमबार अखिल क्रान्तिकारीको प्रदर्शनमा पनि केही प्रदर्शनकारी मात्रै उपस्थित थिए।

मूल्यवृद्धिको विरोधमा माइतीघरमा जम्मा भएका प्रदर्शनकारूले टेकूसम्म मार्चपास गरेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved