बलात्कार गरेको आरोप लागेका पाण्डेलाई अदालतमा पेस गरिँदै, मानव ओसारपसारको मुद्दा चलाईँदै

सुन्दरी प्रतियोगिता आयोजना गरेर एक सहभागी युवतीमाथि यौन हिंसा शोषण तथा बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले अदालतमा पेस गर्न लागेको छ । शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरीले आज अदालतमा पेस गर्न लागेको हो।

नेपालभ्युज

बलात्कार गरेको आरोप लागेका पाण्डेलाई अदालतमा पेस गरिँदै, मानव ओसारपसारको मुद्दा चलाईँदै

काठमाडौं। सुन्दरी प्रतियोगिता आयोजना गरेर एक सहभागी युवतीमाथि यौन हिंसा शोषण तथा बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले अदालतमा पेस गर्न लागेको छ। शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरीले आज अदालतमा पेस गर्न लागेको हो।

आठ वर्षअघि भएको भनिएको उक्त यौन हिंसाको घटना सार्वजनिक भएसँगै प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो। प्रहरीले पाण्डेलाई मानव बेचबिखन तथा ओसारपसार ऐन, २०७४ अन्तर्गत मुद्दा चलाएर अनुसन्धान गर्नका लागि पाण्डेलाई अदालतमा पेस गर्न लागिएको गृह सचिव टेकनारायण पाण्डेले जानकारी दिए।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत अनुसन्धानका लागि अदालतमा म्याद थपको लागि माग गरिएको प्रहरीले जनाएको छ।

पीडित युवतीले आफूमाथि बलात्कार भएको बताएकी थिइन्। तर बलात्कार सम्बन्धी मुद्दामा एक वर्षे हदम्याद भएका कारण मानव बेचबिखन तथा ओसारपसार कानुन अन्तर्गत मुद्दा चलाइएको प्रहरी स्रोतको भनाई छ। मानव बेचबिखन तथा ओसारपसार कानुन कानुनअन्तर्गत कारबाही गर्नका लागि म्याद थप गर्न लागिएको गृह सचिव पाण्डेले जानकारी दिए।

यौन हिंसामा परेकी किशोरीको घटना अनुसन्धान गर्न नेपाल प्रहरीले ५ सदस्यीय समिति बनाएको भोलिपल्ट पाण्डे समातिएका थिए। उपत्यका प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरको नेतृत्वमा समिति बनेको थियो।
प्रहरी प्रधान कार्यालयले शुक्रबार कुँवरको नेतृत्वमा बनाएको समितिमा एसपी कृष्णप्रसाद कोइराला, डीएसपी कोपिला चुँडाल, डीएसपी हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का छन्।

८ वर्षअघि यौन हिंसामा परेकी भनिएकी ती किशोरीले आफूलाई परेको अन्यायबारे सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेकी थिइन्। शुक्रबार अपराह्न एसपी कोइरालासहितको टोली किशोरीलाई भेटेर फर्किएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved