अब सवारी लाइसेन्सको परीक्षाको दिन सेवाग्राही आफैले छान्न पाउने

नेपालभ्युज

अब सवारी लाइसेन्सको परीक्षाको दिन सेवाग्राही आफैले छान्न पाउने

काठमाडौं। चालक अनुमतिपत्रको परीक्षाका लागि वषौँ कुरेर पनि कार्यालयले भनेकै दिनमा दिनुपर्ने बाध्यता अन्त्य हुने भएको छ। यातायात व्यवस्था विभागले विगतका बाँकी परीक्षा सकिएपछि सेवाग्राहीले छानेको दिन र फारम भरेको केही दिनमा परीक्षा दिन पाउने व्यवस्था मिलाउने तयारी अघि बढाएको छ।

चालक अनुमतिपत्रको परीक्षाका लागि सेवाग्राहीले आफ्नो अनुकूलको दिन छान्न सक्ने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ। अहिले यातायात व्यवस्था कार्यालय विगतमा सेवाग्राहीले भरेका फारमबाट परीक्षा सञ्चालन गरिरहेका छन्। विभागले भने अनुमतिपत्र छपाइसँगै नयाँ ‘एप्लिकेसन’ बनाउन लागेको छ। अनलाइन फारम भरेकाबाट परीक्षा १५ दिनभित्र क–कसको लिइने भनी प्रकाशित गरिने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए। त्यो चरणमा पालो आएका सेवाग्राहीले कुन कार्यालयबाट र कुन दिन परीक्षा दिने भनी छान्न पाउने उनले जानकारी दिए।

उनले भन्नुभयो, “कार्यालयले यति सिट खाली भनेर देखाएपछि खालीमध्येको यो म बुकिङ गर्छु भनेर अनलाइनबाटै गर्न सक्नेछन्।” यसअघि कार्यालयले जुन दिन भन्यो त्यही दिन जानुपर्ने भए पनि अब दुई साताभित्र कुन दिन जाने भनी सेवाग्राही आफैले खालि भएमा छानेर जान सक्ने प्रवक्ता पनेरुले बताए। उनका अनुसार बस वा हवाइजहाजमा अनलाइन टिकट लिन जसरी नै कति सिट छ हेरेर खालीमा जान सकिन्छ त्यसैगरी आफ्नो परीक्षाको दिन बुकिङ गर्न पाइनेछ।

सेवाग्राहीले एउटा कोडिङ नम्बर पाउने र त्यसका आधारमा कार्यालयले बोलाउने उनले बताए। फारम अनलाइनबाट भरे पनि सबै कुरा अनलाइनबाट नहुने हुँदा सेवाग्राही मेडिकल जाँच, नागरिकता पुष्टि गर्न कार्यालय जानुपर्छ। उनले भने, “यी सबै गरेर उपयुक्त दिनमा परीक्षा दिन जान सक्छन्।”

नयाँ प्रणालीमा पहिले अनलाइन राजस्व बुझाएपछि मात्रै फारम भर्ने व्यवस्था मिलाइएको छ। विगतमा फारम भरेर पास भएपछि मात्रै राजस्व तिर्ने व्यवस्था थियो। पहिले पैसा पर्दैन भनेर पनि धेरै सेवाग्राहीले भर्ने तर परीक्षमा सहभागी नभएको पाइएको छ। त्यसको नियन्त्रणका लागि पनि सुरुमा राजस्व तिर्ने व्यवस्था गर्न लागिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved