ताप्लेजुङमा बाख्रा चराउन गएकी किशोरी मृत फेला, अनुसन्धान शुरु

ताप्लेजुङमा बाख्रा चराउन जङ्गल गएकी युवती मृत भेटिएकी छन्। फुङलिङ नगरपालिका ३ सिम्लेकी १७ वर्षीय शर्मिला भट्टराई मृत भेटिएकी हुन्।

नेपालभ्युज

ताप्लेजुङमा बाख्रा चराउन गएकी किशोरी मृत फेला, अनुसन्धान शुरु
सांकेतिक तस्वीर।

ताप्लेजुङ। ताप्लेजुङमा बाख्रा चराउन जङ्गल गएकी युवती मृत भेटिएकी छन्। फुङलिङ नगरपालिका ३ सिम्लेकी १७ वर्षीय शर्मिला भट्टराई मृत भेटिएकी हुन्।

सिम्ले प्रहरी चौकीका अनुसार आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी बेलुका साँझसम्म नफर्किएपछि परिवार खोजीमा निस्किएका थिए।

बाख्रा बाटोमा भेटेपछि सशंकित उनीहरुले खोजी गर्ने क्रममा राति १० बजेतिर मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयले जनाएका छन्।
जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved