बरहथवाले पायो सर्लाहीमा पहिलो महिला नगर प्रमुख र पुरुष उपप्रमुख

बरहथवामा मेयर निर्वाचित एमालेकी कटुवाल सर्लाहीमा पहिलो महिला पालिका प्रमुख बनेकी छन्। उपप्रमुख बनेका एमालेका रामबाबु प्रसाद साह पनि सर्लाहीमा स्थानीय तहको व्यवस्था भएयता पहिलो पुरुष उपप्रमुख हुन्। 

नेपालभ्युज

बरहथवाले पायो सर्लाहीमा पहिलो महिला नगर प्रमुख र पुरुष उपप्रमुख

जनकपुरधाम। सर्लाहीको बरहथवा नगरपालिका प्रमुखमा नेकपा एमालेकी उम्मेदवार कल्पना कुमारी कटुवाल विजयी भएकी छन्। उपप्रमुखमा पनि एमालेकै रामबाबुर प्रसाद साह विजयी भएका छन्।

सर्लाही जिल्लामै पहिलोपटक महिला मेयर र पुरुष उमपेयर पाएको बरहथवाले जिल्लामा पहिलो महिला मेयर निर्वाचित गरेर नयाँ रेकर्ड नै बनाएको हो। बरहथवामा मेयर निर्वाचित एमालेकी कटुवाल सर्लाहीमा पहिलो महिला पालिका प्रमुख बनेकी छन्।

त्यस्तै, बरहथवाको उपप्रमुख बनेका एमालेका रामबाबु प्रसाद साह पनि सर्लाहीमा स्थानीय तहको व्यवस्था भएयता पहिलो पुरुष उपप्रमुख हुन्।

कटुवालले निवर्तमान मेयरसमेत रहेका नेकपा माओवादी केन्द्रका प्रत्यासी देवानन्द महतोलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्न सफल भएकी हुन्। उनले १२ हजार २७३ मत ल्याउँदा निकटतम् प्रतिष्पर्धी महतोले ६ हजार ६६६ मत मात्र पाए।

उपप्रमुखमा एमालेका साह ९ हजार ९०१ मतसहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी गंगा दाहालले ७ हजार ११९ मत पाइन्।

बरहथवा नगरपालिका–१७ मा ३ जेठमा पुनः मतदान भएको थियो। बरहथवाको मतगणना सम्पन्न भएसँगै सर्लाहीमा २० ओटै पालिकाले नयाँ जनप्रतिनिधि पाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved