जजिराको विमान चरासँग ठोक्कियो, ८ घण्टायता लुम्बिनीमै होल्ड

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा जजिरा एयरलाइन्सको विमान अवतरणको क्रममा चरासँग ठोक्किएपछि फर्कन सकेको छैन। कुवेतबाट गएराति २ बजे १२१ यात्रु लिएर भैरहवामा अवतरण गर्ने क्रममा जजीरा एयरलाइन्सको विमानसँग चरा ठोक्किएको थियो।

नेपालभ्युज

जजिराको विमान चरासँग ठोक्कियो, ८ घण्टायता लुम्बिनीमै होल्ड

काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा जजिरा एयरलाइन्सको विमान अवतरणको क्रममा चरासँग ठोक्किएपछि फर्कन सकेको छैन। कुवेतबाट गएराति २ बजे १२१ यात्रु लिएर भैरहवामा अवतरण गर्ने क्रममा  विमानसँग चरा ठोक्किएको थियो।

चरासँग ठोक्किएपछि ल्यान्ड गरिएको विमानलाई कुवेत फर्काउन सकिएको छैन। साढे २ बजे राति नै विमान ३८ जना यात्रु लिएर फर्कने समय तालिका रहेपनि अझै फर्कन नसकेको विमानस्थलका सूचना अधिकारी यज्ञ प्रसाद न्यौपानेले बताए।

सोमबार बिहान १० बज्न लाग्दा समेत विमान उड्न सकेको छैन। प्राविधिक परीक्षण बाँकी नै रहेकाले मध्यान्न १२ बजेयता विमान उड्न नसक्ने जनाइएको छ।

काठमाडौंबाट प्राविधिक आएर इन्जिनको चेकजाँच गरेपछि मात्र जजीराले उडान भर्ने विमानस्थलले जनाएको छ। ‘‘विमान अवतरणको क्रममा चरासँग ठोक्कियो। तर, विमान केही भएन। सकुशल अवतरण भयो। सबै यात्रु सुरक्षित रहे। अन्तर्राष्ट्रिय मापदण्ड र एयरक्राफ्टको नियमअनुसार ईन्जिनियरले परीक्षण गरेपछि मात्र उडान भर्नुपर्ने हुनाले उडान रोकिएको हो,’’ सूचना अधिकारी न्यौपानेले नेपालभ्यूजसँग भने, ‘‘काठमाडौंबाट उनहिरुकै इन्जिनियर आएर परीक्षण गरेपछि मात्र उडान हुनेछ।’’

जजीरा एयरलाइन्सले २ जेठ यता साताको ३ उडान गरिरहेको छ। सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको जजीराले निकट भविष्यमा दैनिक उडानको तयारीसमेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved