पोखराको मेयरमा समाजवादी जीत नजिक, उपमेयरमा एमाले निश्चित

पोखराको मेयरमा एकीकृत समाजवादी जीत नजिक पुगेको छ। स्थानीय तह चुनावमा खसेको कुल मतमध्ये हालसम्म ८५ प्रतिशत मतगणनामा समाजवादीबाट मेयर उम्मेदवार धनराज आचार्य ३ हजार ९ सय ७९ मतान्तरले अघि छन्। अब २१ हजार ७ मतमात्र गणना गर्न बाँकी छ।

नेपालभ्युज

पोखराको मेयरमा समाजवादी जीत नजिक, उपमेयरमा एमाले निश्चित

काठमाडौं। पोखराको मेयरमा एकीकृत समाजवादी जीत नजिक पुगेको छ। स्थानीय तह चुनावमा खसेको कुल मतमध्ये हालसम्म ८५ प्रतिशत मतगणनामा समाजवादीबाट मेयर उम्मेदवार धनराज आचार्य ३ हजार ९ सय ७९ मतान्तरले अघि छन्। अब २१ हजार ७ मतमात्र गणना गर्न बाँकी छ।

सोमबार बिहानसम्म आचार्यले ४९ हजार २ सय ४१ मत प्राप्त गर्दा एमालेका कृष्ण थापाले ४५ हजार २ सय ६२ मत ल्याएका छन्। पोखराका कुल ३३ वटा वडामध्ये अब ८ वटाको मात्र मतगणना हुन बाँकी छ।

उपमेयरमा एमालेले निश्चित भएको छ। विगतमा पनि उपमेयर बनेकी एमालेकी मञ्जुदेवी गुरुङ जीत उन्मुख छन्। उनले गठबन्धनबाट कांग्रेस उम्मेदवार कोपिला रानाभाटलाई ३ हजार ९७ मतले पछि पारेकी छन्। गुरुङले ५१ हजार ५ सय ८९ मत प्राप्त गर्दा रानाभाटले ४८ हजार ४ सय ९२ मत ल्याएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved